काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा. ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेको छ ।
पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो पार्टी सभापति रवि लामिछानेले अनुशासन तथा आचरण समितिको सिफारिस एवं विधान विपरीत काम गरेको भन्दै श्रेष्ठलाई कारबाही गरेको जानकारी दिए ।
समानुपातिक सांसद श्रेष्ठको पद पनि खारेज हुने भएकाले नयाँ सांसदमा बिन्दाबासिनी कंशाकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । डा. श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँगको २ करोड घुसको अडियो सार्वजनिक भएको थियो ।