कर्णाली प्रदेश सरकारबाट एमालेको समर्थन फिर्ता



कर्णाली नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेले सोमबारबाट लागू हुनेगरी सरकारलाई दिएको समर्थन फिर्ता लिइएको हाे ।

मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएको १५ दिन नपुग्दै एमालेले समर्थन फिर्ता लिएको कर्णाली प्रदेश दलका नेता यामलाल कँडेलले बताए ।


आइतबार एमालेका तीन मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री विनोद शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले राजीनामा दिएका थिए ।