

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र कुवेतबीचको खेलमा कप्तान रोहित पौडेल र अर्का ब्याट्सम्यान कुशल मल्लले अर्धशतक प्रहार गरेका छन् । रोहितले ५६ बलमा र कुशलले ४२ बलमा अर्धशतक हानेका हुन् । तर कुशल ५७ रनमा आउट भए ।
एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पुन सुरु भएको छ । पानी परेर केहिबेर रोकिएको खेल फेरि सुरु भएको हो । अब दुवै टोलीले ४२÷४२ ओभरको खेल खेल्ने छन् ।
