उपनिर्वाचन : मतदानको निर्धारित समय सकियो



काठमाडौं । देशका तीन जिल्लामा उपनिर्वाचनअन्तर्गत मतदानका लागि निर्धारित समय सकिएको छ । तर, लाइनमा बसेकाहरुले भने मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले तोकेअनुसार चितवन क्षेत्र नम्बर २, बारा क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान भएको हो । निर्वाचन आयोगका अनुसार तीनै जिल्ला ६० प्रतिशत मतदान भएको छ ।


केही स्थानमा बाहेक शान्तिपूर्ण मतदान भएको छ । भरतपुर महानगरपालिका-७ स्थित राष्ट्रिय मावि कृष्णपुर र भरतपुर महानगरपालिका ११ स्थित नयाँकिरण माविमा मतदान रोकिएको थियो ।

मतदानका क्रममा बारामा छिटफुट घटना भएका छन् । केही मतदान केन्द्रमा धाँधली भएको आरोप लागे पनि त्यहाँ कुनैपनि स्थानमा मतदान रोकिएन । चितवन र बारामा कुनै किसिमको विवाद नभएको निर्वाचन आयोगले जनाएको छ । तनहुँ २ का सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको आयोगले जनाएको छ ।