अवतरणको क्रममा ह्याम्स हस्पिटलमा हेलिकप्टर दुर्घटना



काठमाडौं । काठमाडौंको ह्याम्स हस्पिटलमा अवतरणको क्रममा हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनाबाट कसैलाई कुनै क्षति नभएको प्रहरीले जानकारी दिएको छ।

अस्पतालको हेलिप्याडमा अवतरणको क्रममा हेलिकप्टरको पुच्छरको पार्ट नजिकैको अर्को घरमा झरेको थियो । बिरामी लिनका लागि भरतपुर जान लागेको एयरनेस्टीको हेलिकप्टर विमानस्थलबाट ह्याम्स हस्पिटल गएको थियो ।


विमानस्थल स्रोतका अनुसार डाक्टर लिनका लागि भरतपुर जानुअघि हेलिकप्टर ह्याम्स हस्पिटल पुगेको हो । अहिले खसेको हेलिकप्टरको पुच्छरको भाग जोड्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ।