अनेमसङ्घको अध्यक्षमा टुका हमाल



काठमाडौं । नेकपा (एमाले)को जनवर्गीय सङ्गठन अखिल नेपाल महिला सङ्घको अध्यक्षमा टुका हमाल निर्वाचित भएकी छनु । यहाँ भएको सातौँ राष्ट्रिय अधिवेशनले हमालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

सङ्घको उपाध्यक्षमा शर्मिला कार्की, विमला राई पौडेल, मेनुका काफ्ले, मेनका पोखरेल, रुक्मणी राना र सुमित्रा विसी निर्वाचित भएको छ । महासचिवमा पेम्बा लामा, उपमहासचिवमा शान्ति अधिकारी र कोषाध्यक्ष इन्दिरा फुयाँल निर्वाचित भएकी छन्।


सचिवमा विणादेवी राई, बीना साह, शारदा कुमाल, नरदेवि पुन, बीना ज्ञवाली, मीना रखाल र आशा विक निर्वाचित भएका छ । सङ्घको सातौ अधिवेशन यही २५ र २६ गते काठमाडौंमा भएको थियो । एमालेले आफ्ना सबै जनवर्गीय सङ्गठनलाई अधिवेशन यही चैत मसान्तसम्म सम्पन्न गर्ने निर्देशन दिएको थियो ।