सिन्धुलीमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु



सिन्धुली । सिन्धुलीमा आज बिहान कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

आइतबार बिहान बा८च ५१३५ नम्बरको कार दुर्घटनामा परी घाइते भएका एक जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ।


सिन्धुली प्रहरीका प्रवक्ता तथा डिएसपी चिरञ्जीवी दाहालका अनुसार बिपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका-२ पिपलभन्ञ्याङमा सो कार २० मिटर तल खस्न पुगेको थियो। सो दुर्घटनामा एक महिला र एक पुरुषको घटनास्थलमा मृत्यु भएको हो।

मृत्यु हुनेमा काभ्रे पनौतिका शिवशरण होछिम र काठमाडौं गौरिघाटका सहारा प्रसाईँ रहेका छन्।