सहिद स्मारक ए डिभिजन लिग : एपीएफकाे सहज जित



काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली एपीएफ क्लबले सहज जित हासिल गरेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले एफसी खुमलटारलाई २–० गोल अन्तरले पराजित गरेको हो । एपीएफको जितमा अब्डोउ रमानी र अर्मान्ड बिडोमले एक एक गोल गरे ।


खेलको २६ औं मिनेटमा रमानीले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७० औं मिनेटमा बिडोमले गोल गर्दै एपीएफलाई २–० को जित दिलाए । एपीएफको यो पाँचौं जित हो । जितसँगै एपीएफले १२ खेलमा १७ अंक जोडेको छ । एपीएफ पाँचौं स्थानमा उक्लिएको छ ।

खुमलटार १२ खेलमा १३ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।