सरकारको न्युनतम साझा कार्यक्रम साँझ ५ बजे सार्वजनिक गरिने



काठमाडौं । सत्तारुढ गठबन्धनले साँझ ५ बजे सरकारका न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले तत्कालिन नेकपा एमाले सम्मिलित कार्यदलले बनाएको बिषयलाई थप परिमार्जन गरेर बनाइएको सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम आज साँझ ५ बजे सार्वजनिक गर्ने निर्णय गरेको हो ।


बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले गठबन्धनका दलहरुबीचमा सरकारको न्युनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको बताए ।

नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले सो नीति तथा कार्यक्रम बनाएको हो ।