सभामुख निवासमा प्रधानमन्त्रीसहित शीर्ष नेताको बैठक



काठमाडौं । बालुवाटारस्थित सभामुख निवासमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक शुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन् ।

यस्तै एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने सहभागी छन् । यसैगरी महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्व महान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा सहभागी छन् ।