सन्दीपविरुद्धको मुद्दामा दुई साक्षीको बकपत्र गराउन काठमाडौं जिल्ला अदालतको आदेश



काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा दुई जनाको बकपत्र गराउन आदेश दिएको छ । आइतबार न्यायाधीश शंकरराज बरालको इजलासले दुई जना सरकारी साक्षीको बकपत्र गराउन आदेश दिएको हो ।

सन्दीप लामिछानेका वकिलले दुई साक्षीको बकपत्र बाँकी रहेको भन्दै उनीहरूको बकपत्र गराउन निवेदन दिएका थिए । सोही निवेदनका आधारमा दुई जना साक्षीको बकवत्र गराउन आदेश दिइएको हो ।


लामिछानेविरुद्ध बलात्कार परेको छ । जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिए पनि उच्च अदालत पाटनले भने थुनामा राख्नुपर्ने जिल्लाको आदेश उल्ट्याउँदै उनलाई धरौटीमा रिहा गरेको थियो ।