संवैधानिक परिषद्को बैठक शुक्रबार बस्दै



काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठक बोलाएका छन् ।

शुक्रबार बिहान ९ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएकाे हाे । यो बैठकले प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने तयारी रहेको जनाइएकाे छ ।


चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की रहेका छन् ।