संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूचि



काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । जस अन्तर्गत प्रतिनिधिसभा बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बस्ने छ । त्यस्तै राष्टिय सभा दिउँसो २:३१ मा बस्ने भएको छ ।

संघिय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८÷७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।


यसैगरी, प्रधानमन्त्री प्रचण्डले नै आज राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।