श्रीलङ्काली नौसेनाद्वारा १७९ किलो हेरोइन बरामद



श्रीलङ्काको नौसेनाले एक सय ७९ किलोग्राम हेरोइन बरामद गरेको छ । प्रहरीले कारोबारमा संलग्न छ जनालाई अन्तर्राष्ट्रिय जलक्षेत्रबाट पक्राउ गरेको छ ।

नौसेनाले शनिबार राति श्रीलङ्काको दक्षिणी तटमा रहेको अन्तराष्ट्रिय जलक्षेत्रबाट पक्राउ गरेको नौसेनाका प्रवक्ता गायन विक्रमसूरियाले बताएका छन् । हेरोइनको अनुमानित मूल्य १० दशमलव ९ मिलियन अमेरिकी डलरभन्दा बढी रहेको बताइएको छ।