शताब्दी पुरुष स्व. सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवीको निधन



काठमाडौँ । संस्कृतिविद् स्व. सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी जोशीको एक सय वर्षको उमेरमा निधन भएको छ।

ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा उनको आज बिहान करिब ६ बजे निधन भएको भएको हो।


उनलाई चैत १६ गते अस्पताल भर्ना गरिएको थियो। सत्यमोहनको आठ महिना अघि मात्र १०४ वर्षको उमेरमा निधन भएको थियो।