विद्यालयले किताब र पोसाक बेच्नु दण्डनीय : मेयर बालेन



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका विद्यालयले अभिभावकलाई किताब बेच्ने गरेको र पोसाकसमेत उनीहरूले तोकेकै स्थानबाट किन्न बाध्य गराएको गुनासो आएको भन्दै त्यस्तो गतिविधि नगर्न आग्रह गरेको छ ।

महानगरले संस्थागत विद्यालयलाई परिपत्र गर्दै त्यसो गर्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ बमोजिम दण्डनीय भएको स्मरण गराएको छ ।


परिपत्रमा भनिएको छ, ‘विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटकपटक आइरहेकाले विद्यालयको सो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको स्मरण गराइन्छ ।’