वर्षाले कुवेत र ओमानबीचको खेल अवरुद्ध



काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तेस्रो स्थानको लागि भइरहेको ओमान र कुवेतबीचको खेल रोकिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेल पानी परेपछि रोकिएको हो । खेल रोकिनुअघि कुवेतले दिएको १३१ रनको चुनौती ओमानले पछ्याइरहेको थियो ।


खेल रोकिने बेलासम्म ओमानले विना विकेटको क्षतिमा ६ ओभरको समाप्तिमा ४१ रन बनाएको छ ।

तेस्रो हुने टिमले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छ । जसमा नेपाल र यूएईले स्थान बनाइसकेका छन् ।