राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित



काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिइएको छ । 

मंगलबार दिउँसो २ः३१ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर अनिश्चितकालका लागि स्थगित गरिएको हो । 


मंगलबार दिउँसो बोलाइएको राष्ट्रिय सभा बैठक विशेष कारणले स्थगित गरिएको र अर्को बैठक अर्को सूचना जारी गरेर दिन र समय तोकिने संघीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।