काठमाडौं । राष्ट्रपतिको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएको छ ।
राष्ट्रपति पौडेलले भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स एम्समा भर्ना भएर उपचार गराइरहेका छन् । उनको उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको र केहीको परीक्षण हुन बाँकी रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
एन्टिबायोटिक उपायोगका कारण उनमा शारीरिकरुपमा केही शिथिलता भएता पनि सामान्य हिँडडुल गर्ने अवस्थामा रहेको सूचना राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।