मुग्लिन पोखरा सडकको काम दु्रतगतिमा अगाडि बढ्छ : मन्त्री ज्वाला



दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन पोखरा सडक विस्तारको कामलाई दु्रतगतिमा अगाडि बढाइने बताएका छन्। 

मुग्लिन पोखरा सडक विस्तार आयोजनाको स्थलगत निरीक्षणपछि दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सडक आयोजनाको काममा ढिलासुस्ती भएकाले यसलाई द्रुत गतिमा अगाडि बढाउनुपर्ने अवस्था रहेको बताए।


मुग्लिन पोखरा सडक विस्तार आयोजनाको स्थलगत निरीक्षणपछि दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सडक आयोजनाको काममा ढिलासुस्ती भएकाले यसलाई द्रुत गतिमा अगाडि बढाउनुपर्ने अवस्था रहेको बताए।

सडकको काम समयमै सम्पन्न गर्नका लागि मन्त्रालयको तर्फबाट गर्नुपर्ने सबै काम गरिने बताउँदै मन्त्री ज्वालाले निर्माण कम्पनीलाई सहयोग र निर्देशन दुवै रहने बताए। 

‘निर्माण कम्पनीलाई के सहयोग गर्नुपर्छ, सबै गर्छौँ तर काममा ढिलासुस्ती भए खबरदारी पनिसँगै गर्छौ,’ ज्वालाले भने।