बैंककको रात्रि क्लबमा गोली चल्दा ६ जना घाइते



थाइल्यान्डको राजधानी बैंककस्थित रात्रि क्लब परिसरमा गोली चल्दा छ जना घाइते भएका स्थानीय प्रहरीले सोमबार जानकारी दिएका छन् ।

महानगरीय प्रहरी ब्यूरो डिभिजन १ का प्रहरी नायब कमाण्डर शाक्य सेङवानका अनुसार किशोरीहरूले आपसमा झगडा गरेको र बन्दुक चलाउँदा सो घटना भएको जानकारी अधिकारीहरूलाई दिइएको थियो ।


पेस्तोलसहित दुईजना संदिग्धलाई सोमबार बिहान घटनास्थलबाटै पक्राउ गरिएको शाक्यले बताए । घाइते सबै ६ जनाको अहिले पनि अस्पतालमा उपचार भइरहेको शाक्यले जानकारी दिँदै घाइते सबैलाई गोली लागेको बताए ।

प्रहरीले अहिले झगडामा संलग्नको बारेमा अनुसन्धान गरिरहेको र आयोजक र नाइटक्लब सञ्चालकलाई सोधपुछका लागि बोलाएको उनले जनाकारी दिएका छन् ।