बुटवल-तानसेन सडक अब रातिमात्रै बन्द हुने



काठमाडौं । बुटवल–तानसेन सडकखण्ड अब राति मात्र बन्द हुने भएको छ । सुरुङमार्ग निर्माणको पूर्व तयारीका काम गर्न दिउँसो र राति गरी दैनिक ९ घण्टा बन्द हुँदै आएको उक्त सडकखण्ड अब रातिमात्रै बन्द गरिने भएको हो ।

यसअघि गत चैत २१ गतेबाट दिउँसो ११ बजेदेखि २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म दिनहुँ बन्द हुँदै आएको थियो । पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड राति १० बजेदेखि बिहान ४ बजेसम्म मात्र बन्द हुने जानकारी दिए ।


निर्माण व्यवसायीले तदारुकताका साथ काम नगरेपछि सर्वसाधारणले दिउँसोमा सडक बन्द नगर्न माग गरेपछि रातिको ६ घन्टा मात्र बन्द गराइन लागिएको हो ।