बिहार मोतिहारीमा विषाक्त मदिरा पिएर ज्यान गुमाउनेको संख्या ३२ पुग्यो



भारतको पूर्वी राज्य बिहार मोतिहारीमा विषाक्त मदिरा (जाँड–रक्सी) खाएर ज्यान गुमाउनेको संख्या ३२ जना पुगेको छ ।

गम्भीर बिरामी भएका १४ जनाको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुले शनिवार विषाक्त जाँड–रक्सी खाएका मोतिहारीका वरिष्ठ प्रहरी अधिकारी कन्तेशकुमार मिश्रले जानकारी दिएका छन् ।


विहारका मुख्यमन्त्री नितिश कुमारले हिजो पीडित परिवारलाई ४ हजार ८८१ अमेरिकी डलर क्षतिपूर्ति दिने घोषणा गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतमा विषाक्त जाँड–रक्सी खाएर ज्यान गुमाउने घटना पटक–पटक हुँदै आएका छन् ।