बालकोट पुगेर ओलीसँग छलफल गर्दै प्रचण्ड र देउवा



काठमाडौं । सभामुखसहित तीन दलका शीर्ष नेताबीच आज बालकोटमा छलफल हुने भएको छ ।

सभामुख देवराज घिमिरे, माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज छलफल हुने भएको हो ।


संसदमा विधेयक अगाडि बढाउनेबारे अहिले बिहान ९ बजे उनीहरुबीच बालकोटमा छलफल हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । बालकोट पुगेर एमाले अध्यक्ष ओलीको स्वास्थ्य लाभको कामना गर्ने र संसदमा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने कार्यसूची रहेको जनाइएको छ ।

विगत केही दिनदेखि संबैधानिक परिषद् सम्बन्धि विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धि विधेयकलाई अगाडि बढाउन शीर्ष नेताबीच छलफल भइरहेको छ ।

उक्त विषयमा छलफल गर्न आइतबार बोलाइएको बैठकमा प्रधानमन्त्री प्रचण्ड उपस्थित नभएपछि बैठक स्थगित भएको थियो । पुर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या देखिउका बारण बेठक ओली निवास बालकोटमा बोलाएको हो । आजको बैठकमा भने सभापति देउवा र अध्यक्ष प्रचण्ड उपस्थित हुन तयार भएका छन् ।