काठमाडौं । वैशाख दश गते हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले उम्मेदवारी नदिने भएका छन् । यसअघि लोकतान्त्रिक समाजवादी पार्टीले महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
तर, आइतबार उनले आफू उक्त क्षेत्रमा उम्मेदवारी नदिने निर्णयमा पुगेको जानकारी दिए । अब उक्त क्षेत्रबाट सत्ता गठबन्धनका तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने लगभग निश्चित भएको छ ।
उनले भने, ‘मैले उपेन्द्र यादवजीलाई नै सहयोग गर्ने निर्णय लिएँ । गठबन्धनको साझा उम्मेदवारको रूपमा उहाँ चुनाव लड्नुहुन्छ ।’
उक्त क्षेत्रबाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो । उक्त क्षेत्रबाट चुनाव लड्ने तयारीमा उपेन्द्र यादव छन् । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वडीआईजी रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ । त्यस्तै जनमत पार्टीले शिवचन्द्र कुसवाहालाई उम्मेदवार बनाउने तयारी गरेको छ ।