बारा २ को मतगणना साढे १२ बजे सुरु हुने



बारा । प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन भएको बारा २ को मतगणना साढे १२ बजेदेखि थालिने भएको छ ।

भर्खरै सम्पन्न सर्वदलीय बैठकमा मतगणनाको समय ११ बजे टुङ्गो लगाइए पनि सबै दलका प्रतिनिधि आइ नसकेका कारण अझै केही समय लाग्ने देखिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिएका छन् ।


बाराको कलैयास्थित शिक्षा तालिम केन्द्रमा कडा सुरक्षाबीच मतगणनाको व्यवस्थापन मिलाएको छ । मतगणना स्थलमा तारजाली तथा सिसि क्यामेरा जडान भएको प्रजिअ सापकोटाले बताए ।

बारा २ मा ६५ प्रतिशत मत खसेको थियो । त्यहाँबाट ३४ उम्मेदवार चुनावी मैदानमा रहे पनि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । एमालेका पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेल पनि चुनावी मैदानमा छन् ।