काठमाडौं । बिहीबार राति बाजुरा केन्द्रबिन्दु भएर केही घण्टाको फरकमा तीन वटा भूकम्प गएका छन् ।
बिहीबार राति ११ बजेर ५८ मिनेटमा ४ दशमलव ९ रेक्टरस्केल, शुक्रबार बिहान १ बजेर ३० मिनेटमा ५ दशमलव ९ रेक्टरस्केल र १ बजेर ५१ मिनेटमा ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो ।
केही समयको फरकमा दुई भूकम्प र दुई वटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार १ बजेर ५१ मिनेटमा ३ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको हो ।
भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन ।