बाग्मती प्रदेशमा विश्वविद्यालय खोल्ने नियमावली मन्त्रिपरिषदबाट स्वीकृत



काठमाडौं । बाग्मती प्रदेशसभाबाट प्रदेश उच्च शिक्षा नियमावली स्वीकृत भएको छ । योसँगै बागमतीमा विश्वविद्यालय सञ्चालनको बाटो खुलेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा नियमावली २०७९ स्वीकृत गरेको हो ।


बैठकले प्रदेश चिठ्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत गरी प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान गरेको छ । बैठकले प्रदेश सञ्चार माध्यम व्यवस्थापन (चौथो संशोधन) नियमावली स्वीकृती गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।