बर्जु गाउँपालिकाका इन्जिनियर घुससहित पक्राउ



काठमाडौं । सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहता २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार घरको नक्सापासका लागि घुस लिएको सूचनाका आधारमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सोमबार इन्जिनियर मेहतालाई विराटनगर महानगरपालिका-५ पुल्चोक छेउबाट पक्राउ गरेको हो ।