प्रहरी हवल्दार पुनको बयान : नियतवश गोली चलाएको होइन



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमाली पुनको गौरीघाटमा रहेको घरमा नियतवश गोली नचलाएको प्रहरी हवल्दार प्रकाश पुन मगरले बयान दिएका छन् ।

आज (शनिबार) बिहान प्रहरी प्रधान कार्यालय नक्सालमा सोधपुछ गर्ने क्रममा प्रकाशले गल्तीले गोली चलेको बयान दिएको प्रहरीले बताएको हो । शुक्रबार नयाँ वर्षको अवसरमा गौरीघाटमा तीर्थमाली बस्ने घरमा पारिवारिक जमघट भएको थियो । त्यसक्रममा शुक्रबार राति साढे ९ बजे एक्कासी घरमा गोली चलेको थियो ।


प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका कारण प्रकाशको पेस्तोलबाट एक्कासी गोली तीर्थमालीको खुट्टामा लागेको थियो । गोली लागेर घाइते भएकी तीर्थमालीको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।