प्रधानन्यायाधीशमा सहमति खोज्न प्रचण्ड–ओलीबीच छलफल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

दुई नेताबीच सिंहदरबारमा संसदीय समिति गठन, प्रधानन्यायाधीश नियुक्ति र टिआरसी विधेयक लगायतका विषयमा सहमति जुटाउने प्रयासस्वरुप दुई नेताबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


यसअघि बुधबार बसेको संवैधानिक परिषदको बैठकमा प्रधानमन्त्रीले प्रधानन्यायाधीश नियुक्तिका लागि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रस्ताव गरेका थिए ।

त्यसक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्रीको उक्त प्रस्तावमा असहमति जनाउँदै संसदीय समितिलाई पूर्णता दिएर मात्रै प्रधानन्यायाधीश नियुक्तीको प्रक्रिया सुरु गर्नुपर्ने बताएका थिए ।