पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी विष्ट विजयी



काठमाडौँ । ललितपुरको पाटन संयुक्त क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा सभापति पदमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट विजयी भएका छन् ।

गए राति सकिएको मतगणनाको परिणामअनुसार विष्ट १६९ मतान्तरले स्ववियु सभापति पदमा विजयी भएका हुन् । उनले ८४१ मत ल्याउँदा अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मत ल्याए । पाटनमा नेविसंघकै आन्तरिक विवादका कारण चैत ५ गते नै हुनुपर्ने स्ववियु चुनाव पछि सरेको थियो । उम्मेदवार चयनमा सहमति नभएपछि नेविसंघका एकाइ उपाध्यक्षसमेत रहेका विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।


नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले पाटनको स्ववियु सभापतिका लागि सुरुमा विष्टलाई नै टिकट दिएका थिए । तर पछि युवराज थिङलाई आधिकारिक उम्मेदवार भन्दै टिकट दिएपछि त्यहाँ नेविसंघ दुई समूहमा विभाजन भएको थियो ।