कपिलवस्तु जिल्ला अदालतद्वारा न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी



कपिलवस्तु । न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत कपिलवस्तुले न्यायाधीश गिरीविरुद्ध प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको हो ।

उनकी श्रीमतीले गिरीविरुद्ध वैवाहिक बलात्कारमा जिल्ला प्रहरीमा जाहेरी दिएकी थिइन् । गत असारमा न्यायाधीश भएर जिल्लामा पदस्थापन भएका गिरीको एक महिनाअघि काठमाडौंस्थित न्याय परिषद्मा सरुवा भएको थियो । जाहेरी दर्तापछि उनीमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक प्रेमबहादुर बस्नेतले बताए ।