निलम गुरुङ बनिन् पहिलो ‘पोएट आइडल’



काठमाडौं । नेपालकै पहिलो अर्गानिक शो ‘द पोएट आइडल’को उपाधि निलम गुरुङले चुमेकी छिन् ।

फिनालेमा पुगेका ४ प्रतिस्पर्धी मध्ये निलमले ‘पोएट आइडल’को उपाधि जितेकी हुन् । उनले १० लाखको चेक हात पारेकी छिन् ।


कवि पल्लविव, नाथन रायान र मिल्सन राई फाइनलिष्ट रहेका थिए ।

‘डन डिरेक्टर’का रुपमा परिचित अमन प्रताप अधिकारीले निर्देशन गरेको पहिलो नेपाली ‘शो’मा विप्लव प्रतिक, अनुप बराल, उपेन्द्र सुब्बा र सुरक्षा पन्तले जर्जको भूमिकामा थिए ।