थप १२१ जनामा काराेना संक्रमण पुष्टि, एकको मृत्यु



काठमाडौँ । नेपालमा कोरोना संक्रमित पुनः बढ्न थालेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ३७७ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ५८ जना एन्टीजेन विधिबाट ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । 


यस्तै, कोरोना भाइरस संक्रमणबाट बुधबार एक जनाको मृत्यु भएको छ । मंगलबार पनि संक्रमणबाट एक जनाको मृत्यु भएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा थप ८१ जना सङ्क्रमणमुक्त भएका छन् । यही अवधिमा थप ४२ हजार १८० जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४४५ रहेकाे मन्त्रालयले जनाएकाे छ ।