तनहुँ १ उपनिर्वाचन : १८ वडाको नतिजा आउँदा कसले कति मत पाए ?



काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर–१ मा मतगणना जारी छ । जसमा ४२ मध्ये १८ वटा वडाको नतिजा आएको छ ।

पछिल्लो अपडेटअनुसार २३ हजार ६८२ मत गनिसक्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार डा. स्वर्णिम वाग्लेको अग्रता कायमै छ । वाग्लेले ११ हजार ८४५ मत पाएका छन् ।


उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले सात हजार ५९ मत ल्याएका छन् । नेकपा एमालेका उमेदवार सर्वेन्द्र खनाल चार हजार ३३ मतसहित तेस्रो स्थानमै छन् ।

तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यो क्षेत्रमा एक लाख २३ हजार ३०५ मतदाता छन् ।