ट्युनिसियामा डुंगा डुब्दा २० आप्रवासी बेपत्ता



ट्युनिस । ट्युनिसियाको दक्षिणपूर्वी तटमा शुक्रबार राति एउटा डुङ्गा डुब्दा कम्तीमा २० जना आप्रवासी बेपत्ता भएको स्फ्याक्स प्रान्तका एक न्यायिक अधिकारीले बताएका छन् ।

सब–सहारा मुलुकका कम्तीमा ३७ आप्रवासी बोकेको उक्त डुंगा शुक्रबार राति स्फ्याक्सको तटबाट युरोपतर्फ प्रस्थान गरेको स्फ्याक्सको कोर्ट अफ फस्र्ट इन्स्टेन्सका प्रवक्ता फाउजी मसमौदीले सिन्ह्वालाई बताए । अहिलेसम्म १७ जना आप्रवासीको उद्धार गरिएको र बेपत्ताको खोजी कार्य जारी रहेको मस्मौदीले बताए ।


मध्य भूमध्यसागरमा अवस्थित ट्युनिसिया अवैध आप्रवासीहरूको लागि युरोप जाने मुख्य प्रस्थान बिन्दुहरूमध्ये एक हो । ट्युनिसियाली अधिकारीहरूले चालेको कडा कदमको वावजुद पनि ट्युनिसियाली तटबाट अवैध आप्रवासन बढ्दो छ ।