टीआरसी विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने तीन दलबीच सहमति



काठमाडौं । प्रमुख ३ दलका शीर्ष नेताबीच संक्रमणकालीन न्याय निरूपण (टीआरसी) लगायत विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ ।

बालुवाटारस्थित सभामुखको निवासमा आज (सोमबार) बिहान बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा सभामुख देवराज घिमिरेसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अधयक्ष केपी शर्मा ओलीबीच यस्तो सहमति भएको हो ।


प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

बैठकमा विधेयकमा राख्ने विषय र अघि बढाउने प्रक्रियामा फेरि छलफल हुनेछ । अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरवारमा बस्ने उनले बताए ।

संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुंगो लगाउन पनि नेताहरु सहमत भएका छन् ।