टर्की र भियतनाममा नेपालको पर्यटन प्रवर्द्धन



काठमाडौँ । टर्की र भियतनाममा नेपालको पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरिएको छ । टर्कीको राजधानी इस्तानबुल र भियतनामको राजधानी हनोईमा अन्तर्राष्ट्रिय पर्यटन यात्रा तथा मार्ट गरी पर्यटन प्रवर्द्धन गरिएको हो ।

स्तनबुलमा २६औँ पूर्वी भूमध्य सागरीय अन्तर्राष्ट्रिय पर्यटन तथा यात्रा प्रदर्शनी एएमआइटीटी सम्पन्न भएको छ । चैत २९ देखि वैशाख २ गतेसम्म चलेको कार्यक्रममा नेपाल पर्यटन बोर्ड र नेपाली पर्यटन कम्पनीले सहभागिता जनाएका थिए ।


भियतनामको राजधानी हनोईमा अन्तर्राष्ट्रिय ट्राभल मार्ट ९भिआइटीएम० सम्पन्न भएको छ । अप्रिल १३ देखि १६ सम्म आयोजना गरिएको मार्टमा नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रका व्यवसायीको सहभागिता रहेको थियो ।

आइसीए समूहको सहयोग र समर्थनमा, टर्कीको संस्कृति र पर्यटन मन्त्रालय, टर्किस एयरलाइन्स र इस्तानबुल महानगरपालिकाको संयोजनमा आयोजित कार्यक्रमले टर्की र विश्वव्यापी यात्रा क्षेत्रलाई नयाँ व्यापार र सहयोगको अवसर प्रदान गर्ने व्यापार मञ्च खोलेको सहभागीले प्रतिक्रिया दिएका छन् ।

कार्यक्रममा दुई सय ३० भन्दा बढी होस्ट गरिएका पर्यटन खरिदकर्ता, ३३ देशका प्याभिलियन, छुट्टी गन्तव्य, गर्मी र शीतकालीन पर्यटन, बाहिरी पर्यटक गन्तव्य, होटल र पर्यटन केन्द्र तथा टुर अपरेटर, ट्राभल एजेन्सीको प्रदर्शन गरिएको थियो ।

सहभागी नेपाली पर्यटन कम्पनीले आफ्ना ट्राभल प्याकेज सम्भावित टर्की यात्रुका बीचमा बजारीकरण गर्ने र टर्कीका टुर अपरेटरसँग वार्ता र व्यापार सम्झौता गर्ने अवसर पाएको कार्यक्रममा सहभागी पर्यटन बोर्डका प्रबन्धक गोविन्द ओवीले जानकारी दिए ।

टर्कीमा ठूलो अर्थतन्त्र भएको र टर्किस एयरलाइन्सद्वारा इस्तानबुलदेखि काठमाडौँसम्मको सिधा उडान सञ्जाल भएकाले टर्कीमा नेपाली पर्यटन उद्योगका लागि ठूलो आउटबाउन्ड पर्यटन सम्भावना रहेकोले मेला फदायी भएको उनले बताए ।

भियतनाम सोसाइटी अफ ट्राभल एजेन्ट्स ९भिटा०, राष्ट्रियस्तरको पर्यटन सङ्गठनले आयोजना गरेको मार्टमा नेपाल स्टलमा आएका ट्रेड प्लस सार्वजनिक खरिदकर्ताले नेपालको विभिन्न पर्यटकीय गन्तव्य, अध्यागमन नीति र एयरलाइन कनेक्टिभिटीका बारेमा जिज्ञासा राखेका थिए ।

धेरैजसो भियतनामीका लागि नेपाल एकदमै नयाँ गन्तव्य भएकाले मेलाको माध्यमबाट नेपालका पर्यटकीय गन्तव्यको बारेमा जानकारी प्रवाह गरी नेपालको प्रवर्द्धनमा मद्दत पुगेको मेलामा सहभागी बोर्डका प्रबन्धक रोहिणी खनालले जानकारी दिए।

मेलामा सहभागी सरोकोरवालाले नेपाल र भियतनामबीचको हवाई सम्पर्कमा सुधार गर्नुपर्नेमा जोड दिएका थिए ।