

फ्रान्सस्थित एयरबसले चिनियाँ लिजिङ फर्म जीडीएटीलाई ५० वटा हेलिकप्टर बिक्री गर्न सहमत भएको जनाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोँको चीन भ्रमणको अन्तिम दिन उक्त सम्झौताबारे जानकारी गराइएको हो ।
एयरबस हेलिकप्टरका प्रमुख कार्यकारी अधिकृत ब्रुनो एभनले विज्ञप्ति जारी गरी जीडीएटीले ५० वटा एच–१६० हेलिकोप्टर थप गरी एयरबसलाई बलियो बनाउने निर्णय गरेकोमा आफूहरु खुसी भएको बताएका छन् । उनको कार्यालयले चीनसँगको व्यापार अझै पनि सम्बन्धको महत्वपूर्ण भागको रूपमा हेरिएको जनाएको थियो ।


फ्रान्सले यसअघि नै संयुक्त राज्य अमेरिकाले लिने प्रत्यक्ष टकरावको मार्गबाट ‘अर्को बाटो’ खोज्ने बताएको थियो । साङ्घाईस्थित जीडीएटीले चिनियाँ आपतकालीन सेवा र सरकारी एजेन्सीसहित ग्राहकसँग हेलिकोप्टर बिक्री, र भाडा र मर्मतमा विशेषज्ञता हासिल गर्दछ । एच १६० लाई एयरबसले बहुमुखी हेलिकोप्टरको रूपमा बजारीकरण गरेको छ जुन भीआईपी यात्रादेखि सैन्य मिसनसम्मका भूमिकाहरूमा प्रयोग गर्न सकिन्छ ।
