चितवन- २ : रविले कटाए ५० हजार मत



चितवन । चितवन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा जारी छ ।

आइतबार सम्मन्न भएको निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ५० हजार मत कटाएका छन् ।


निर्वाचन आयोगले दिएको मतगणनाको पछिल्लो जानकारी अनुसार रविले अहिलेसम्म ५० हजार२९ मत ल्याएका छन् भने उनका निकता प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ९ हजार १६६ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हाजर ८७९ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।

सोमबार दिउँसोदेखि जारी मतगणना आाज अन्तिम चरणमा पुगेकोले लामिछानेको जित्ने निश्चित भइसकेको छ । अहिलेसम्म ७० हजार मत गणना भइसकेको र ८ हजार मत गन्न बाँकी रहेको पनि आयोगले जनाएको छ ।

मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेपाली कांग्रेसका उम्मेदवार जीत नारायणा श्रेष्ठले पराजय स्वीकार गर्दै रविलाइ बधाइ तथा शुभकामना दिइसकेका छन् ।