चितवन-२ मा रवि ३६ हजार २११ मतान्तरले अगाडी



चितवन । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अनतर्गत चितवन क्षेत्र नं २ को मतगणना जारी छ ।

सोमबार दिउँसोदेखि सुरु भएको मतगणना अन्तिम चरणमा पुग्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले ४४ हजार ४८६ मत प्राप्त गरेका छन् ।


निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार लामिछाने निकटमत प्रतिस्पर्धी भन्दा ३६ हजार २११ मतले अगाडि छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ८ हजार २७५ र पाएका छन् भने नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार २१७ मत प्राप्त गरेका छन् ।