चितवन –२ मा रविलाई तेब्बरभन्दा धेरै मतको अग्रता



चितवन । प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत चितवन–२ मा जारी मतगणनामा रास्वापाका रवि लामिछानले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार लामिछाने झण्डै तेब्बर मतको अग्रता लिएका छन् ।

उनले १२ हजार ४५० मत प्राप्त गर्दा एमालेका रामप्रसाद न्यौपानेले तीन हजार ५७३ मत प्राप्त गरेका छन् । भने तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले तीन हजार ५५५ मत प्राप्त गरेका छन् ।