गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेको शपथ १२ बजे 



पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनीयताका शपथ लिँदैछन् ।

नेकपा माओवादीलगायतका राजनीतिक दलको समर्थनमा मुख्यमन्त्री भएका पाण्डेले आज मध्याह्न १२ बजे पद तथा गोपनीयताका शपथ लिन लागेका हुन् ।


प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनको पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख गुरुङले बिहीबार पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

तर, मुख्यमन्त्री पाण्डेले कति सदस्यीय मन्त्रीपरिषद् बनाउँछन् भन्ने टुंगो लागिसकेको छैन ।

यद्यपि, मुख्यमन्त्री पाण्डेले मन्त्रीहरुका आंकाक्षी आफ्नै पार्टी नेपाली कांग्रेसका सांसद तथा प्रमुख सत्ता सहयोगी नेकपा माओवादी केन्द्रका सांसदहरुसँग भने छलफल गरिरहेका छन् ।

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि आजै दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् ।