कोरोनाबाट थप एकको मृत्यु, ८२ जना संक्रमित थपिए



काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८२ जना संक्रमित थपिएका छन् । १६३४ नमूना परीक्षण गरिएकोमा ८२ नमूनाको रिपोर्ट पोजेटिभ आएको हो ।


आज ६५ जना कोरोनामुक्त भएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या ९ लाख ९० हजार ४०२ पुगेको हो । हाल सक्रिय संक्रमितको संख्या ३६१ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८८ हजार ६४३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।