कोरोनाका कारण थप एकको मृत्यु, ५१ जनामा संक्रमण



काठमाडौं । नेपालमा पछिल्लो चाैबीस घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साेही अवधिमा एक कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार ३० जनाको मृत्यु भएको छ । एक हजार २३८ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा ५१ जनामा संक्रमण पुस्टि भएकाे हाे ।


पछिल्लो चाैबीस घण्टामा देशभर ३५ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ९० हजार ५५० पुगेको छ ।