काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतलाई २८२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण ४२ ओभरमा झारिएको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाएर २८१ रन बनायो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ९४ रन बनाए ।
यस्तै, कुशल मल्लले ५७, कुशल भुर्तेलले ४३, आशिफ शेखले ३१, आरिफ शेखले १९ र सन्दीप लामिछानेले ५ रन बनाए । यस्तै सोमपाल कामीले १२, ललित राजवंशीले २, भीम शार्की १ रनमा आउट हुँदा दीपेन्द्रसिँह ऐरीले खाता खोल्न पनि सकेनन् । कुवेतका मोहम्मद अस्लाम र अदान इद्रिसले २÷२ विकेट लिए । नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पानी परेर केहिबेर रोकिएको खेल फेरि सुरु भएको थियो ।