किर्गिजस्तान । किर्गिजस्तानमा यस वर्षको सुरुवातदेखि दादुरा र रुबेलाका घटनामा वृद्धि भएको यहाँको स्वास्थ्य मन्त्रालयको प्रेस सेवाले जनाएको छ ।
रिपब्लिकन सेन्टर फर इम्युनोप्रोफिलेक्सिसको तथ्याङ्क अनुसार किर्गिजस्तानमा सन् २०२३ को सुरुदेखि हालसम्म दादुराका ४१ र रुबेलाका ६ वटा घटनाहरू फेला परेका छन् । यसैगरी ओश क्षेत्रमा मात्रै २० वटा घटना दर्ता भएका छन् ।
उक्त सरुवा रोक वृद्धिको मुख्य कारण बालबालिका र वयस्कहरू दादुरा र रुबेला विरुद्धको नियमित खोपको मात्रामा पूरा गर्न अनिच्छुक रहेको बताइएको छ ।