काठमाडौं महानगरले हटायो अबैध प्रहरी बिट



काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्क छेउमा रहेको अबैधानिक प्रहरी बिट हटाएको छ । महानगरले काठमाडौंको भ्यूटावर नजिक रहेको सडकपेटीको प्रहरी बिट हटाउन लागेको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

‘सडक पेटीमा रहेको प्रहरी विट हटाउने महानगरपालिकाको योजना अनुरुप हटाउन थालेका हौैं, यहाँ मात्रै होइन, सबै ठाउँको सडकपेटीको बिट हटाउँछौं,’ पाण्डेले भनेका छन् ।


काठमाडौं महानगरपालिकाले उक्त विटमा रहने प्रहरीहरुलाई काठमाडौं महानगरपालिकाको २८ नम्बर वडा कार्यालय परिसरमा अस्थायी रुपमा व्यवस्थापन गरेको छ ।