कर्णाली प्रदेश सरकारबाट बाहिरियो एमाले



कर्णाली । कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।

आइतबार मुख्यमन्त्री राजकुमार शर्मासमक्ष नेकपा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाह, उद्योग, पयटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल र सामाजिक विकास मन्त्री टेकराज पछाईले राजीनामा दिएका छन् ।


नेकपा माओवादी र एमालेबीचको सहमति अनुसार गठन भएको सरकारबाट आइतबार नेकपा एमाले बाहिरिएपछि अब नेपाली कांग्रेस सरकारमा सहभागी हुने निश्चित भएको हो ।